बालुवाटार बैठक : टीआरसी विधेयक सहमतिमै टुंग्याउने दलहरूबीच सहमति

हिमाल प्रेस १३ असार २०८१ २१:१९ | Thursday, June 27, 2024
बालुवाटार बैठक : टीआरसी विधेयक सहमतिमै टुंग्याउने दलहरूबीच सहमति कानुनमन्त्री पदम गिरी।

काठमाडौँ- टीआरसी विधेयक र शान्ति प्रक्रियाको काम सहमतिमै टुंग्याउने विषयमा प्रमुख राजनीतिक दलहरूबीच सहमति भएको छ। बिहीबार बालुवाटारमा भएको प्रमुख राजनीतिक दलहरुको बैठकले यस्तो सहमति गरेको कानुन मन्त्री पदम गिरीले जानकारी दिए।

‘टीआरसी विधेयक र शान्ति प्रक्रियाका विषयमा निकट भविष्यमै सहमतिका साथ अगाडि बढ्ने भन्ने कुरा भएको छ,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रमुख राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएका थिए। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू सहभागी थिए।

प्रकाशित: १३ असार २०८१ २१:१९ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast