बागमती प्रदेशसभा बैठक मङ्गलबार बस्ने

हिमाल प्रेस ९ असार २०८१ १३:२९ | Sunday, June 23, 2024
बागमती प्रदेशसभा बैठक मङ्गलबार बस्ने

मकवानपुर- बागमती प्रदेशसभाको बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ।

मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

यस्तै यही असार १३ गते बस्ने प्रदेशसभाको बैठकमा बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालयअन्तर्गत छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुहुने एवं विनियोजित बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रवक्ता गुप्ताले बताए।

यसअघि गत असार ७ गते बसेको प्रदेशसभा बैठकमा बजेटसम्बन्धी छलफल भएको थियो।

प्रकाशित: ९ असार २०८१ १३:२९ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast