फोर नेसन्स कपका लागि नेपाली टोली घोषणा

हिमाल प्रेस १२ असार २०८१ १५:०९ | Wednesday, June 26, 2024
फोर नेसन्स कपका लागि नेपाली टोली घोषणा

काठमाडौँ- लेबनानमा हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली सार्वजनिक गरे।

प्रतीक्षा चौधरी,सरस्वती हमाल र चन्द्र भण्डारी बन्द प्रशिक्षणबाट बाहिरिएका छन्। यसैगरी मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटीले टोलीमा पुनरागमन गरेका छन्। उनीहरू चोटका कारण मैदान बाहिर थिए।

प्रतियोगिता असार २६ देखि साउन १ सम्म त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुनेछ। नेपालले असार २६ मा जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले असार २९ मा बंगलादेश र साउन १ मा घरेलु टोली लेबनाननको सामना गर्नेछ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

रक्षक: गीता राना,अमृता जैसी, हिराकुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे,

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, अनिता केसी, प्रीति राई, अमिषा कार्की, दीपा शाही,विमला चौधरी, सरस्वती हमाल

फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ,

प्रकाशित: १२ असार २०८१ १५:०९ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast