पूर्वन्यायाधीश गिरीलाई सात वर्ष कैद

हिमाल प्रेस २९ जेठ २०८१ २०:५९ | Tuesday, June 11, 2024
पूर्वन्यायाधीश गिरीलाई सात वर्ष कैद पूर्वन्यायाधीश गिरी

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

न्यायाधीश दुर्गा भुसालको इजलासले मंगलबार पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्र्ष कैद र तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो।

यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले मंगलबार सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो।

प्रकाशित: २९ जेठ २०८१ २०:५९ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast