नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा साझा दस्ताबेज लैजाने

हिमाल प्रेस ८ असार २०८१ २२:०५ | Saturday, June 22, 2024
नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा साझा दस्ताबेज लैजाने माधवकुमार नेपाल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले चारवटा प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने विषयमा छलफल गरेको हो।

असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने राष्ट्रिय महाधिवेशनमा सो दस्तावेजमा छलफल गरिनेछ। महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीले अहिलेसम्म गरेका तयारीबारे जानकारी गराइएको बैठकमा आर्थिक व्यवस्थापनका विषयमा समेत छलफल गरिएको पोलिटब्युरो सदस्य भाष्कर काफ्लेले जानकारी दिए।

छनोट गरिएका प्रतिनिधिको कुल संख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि, क्षेत्र, भूगोल, समावेशी ढंगले सन्तुलन मिलाएर विवादरहित तरिका मनोनयन गर्ने विषयमा छलफल गरिएको छ।

मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे समीक्षा गरिएको बैठकमा समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ। पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रासस

प्रकाशित: ८ असार २०८१ २२:०५ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast