काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोटमा सडकबाट कार खस्दा चालकको मृत्यु भएको छ। सितापाइला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा छमछमे खोलाको कल्भर्टबाट खोलामा कार खस्दा पूर्ण दर्नालको मृत्यु भएको हो।
चालक दर्नाललाई प्रहरीले उद्दार गरी उपचारको लागी मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ। कार बिहान साढे ५ बजे तिर खोलामा खसेको स्थानीयले बताएका छन्।
मृतक दर्नाल नागार्जुन नगरपालिका–६ खरिबोटका बासिन्दा हुन्। घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान सुरु गरेको छ।
प्रकाशित: १४ असार २०८१ ९:०३ | Friday, June 28, 2024
प्रतिक्रिया




