धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

हिमाल प्रेस १४ असार २०८१ १७:०५ | Friday, June 28, 2024
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया नै रद्द भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले प्रक्रिया रद्द गर्न मन्त्रिपरिषद्‌मा सिफरिस गरेको थियो। त्यसका आधारमा सेबोनका अध्यक्ष नियुक्त रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ।

समितिले यसअघि दरखास्त आह्वान गर्दा १९ जनाको नाम आए पनि त्यसमध्ये ५ जनाको नाम समावेश भएको ‘सर्ट लिस्ट’ प्रकाशित गरेको थियो। यसरी छानिएका ५ जनामध्ये ३ जनाको नाम मन्त्री परिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ।

प्रकाशित: १४ असार २०८१ १७:०५ | Friday, June 28, 2024

प्रतिक्रिया

One thought on “धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

  1. प्रक्रिया नै रद्द गर्नुपर्ने गरि के काम गरेका होलान।

Leave a Reply to गणेश Cancel reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast