धनगढीमा ४४, काठमाडौँमा ३४.४ डिग्री तापक्रम

हिमाल प्रेस २८ जेठ २०८१ २२:१९ | Monday, June 10, 2024
धनगढीमा ४४, काठमाडौँमा ३४.४ डिग्री तापक्रम दाङको बबई गाउँपालिका वडा नं ७ का किसानको बारीमा सुक्न थालेका मकैको बोट। पानी नपरेका कारण मकैको बोट सुकेको हो। तस्बिर : रासस

काठमाडौँ– सोमबार देशका कतिपय स्थानहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ। चारवटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्यांकअनुसार आज सबैभन्दा बढी धनगढीमा ४४ डिग्री पुगेको छ। त्यसपछि नेपालगन्जमा ४३.६, दीपायलमा ४०.७ र वीरेन्द्रनगरमा ४०.९ डिग्री अधिकृतम तापक्रम मापन गरिएको छ।

दाङको घोराहीमा ३९.६, भैरहवामा ३९.८, सिमरामा ३७.५ र जनकपुरमा ३७ डिग्री तापक्रम पुगेको छ। काठमाडौँमा ३४.४ चार डिग्री तापक्रम मापन गरिएको छ। काठमाडौँमा ३४. चार पुगेको यो वर्ष दोस्रो पटक हो।

मौसमविद् गोविन्द झाले अझै पनि एकदुई दिनमध्ये र पश्चिम क्षेत्रमा तापक्रम बढी नै रहने बताए। पूर्वबाट मनसुन भित्रिए पनि तराई तथा पश्चिम क्षेत्रमा तत्काल वर्षाको प्रणाली नरहेको उनको भनाइ छ। रासस

प्रकाशित: २८ जेठ २०८१ २२:१९ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast