दुग्ध किसानलाई अविलम्ब भुक्तानी दिलाउन एमालेको माग

हिमाल प्रेस ५ असार २०८१ १२:४१ | Wednesday, June 19, 2024
दुग्ध किसानलाई अविलम्ब भुक्तानी दिलाउन एमालेको माग एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला।

काठमाडौँ-  नेकपा एमालले आन्दोलनमा उत्रिएका दुग्ध किसानका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। एमाले प्रमुख सचेत महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको बुधबारको बैठकमा यस्तो माग गरेका हुन्।

उनले बुधबार काठमाडौँमा आन्दोलनमा उत्रिएका किसानमाथि प्रहरी प्रशासनबाट भएको भएको धरपकडको विरोध गरे। बर्तौलाले भने, ‘६ लाखभन्दा बढी दूध किसान काठमाडौँमा आन्दोलित छन्। किसानहरूका जायज माग छन्। उनीहरूको माग वार्ताका माध्यमबाट सम्बोधन गरियोस्।’

दूध बेचेको रकम पाउन आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसान पुगेको उनले बताए। बर्तौलाले भने, ‘६ लाख किसानले बेचेको दूधको झन्डै ६ अर्ब राज्यबाट र निजी डेरीबाट पाउन सकेका छैनन्। भुक्तानी नपाउँदा उनीहरूले दाना किन्न सकेका छैनन्। बैंकबाट लिएको ऋण तिर्न सकेका छैनन्।’

किसानले पाउनुपर्ने भुक्तानी अविलम्ब दिलाउन बर्तौलाले प्रधानमन्त्री, अर्थमन्त्री र कृषि मन्त्रालयको ध्यानाकर्षण गराए। किसानमाथि सम्मानित व्यवहार गर्न पनि उनले माग गरेका छन्। काठमाडौँको लैनचौरस्थि दुग्ध विकास संस्थान अगाडि धर्नामा बसेका ४५ दुग्ध किसानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: ५ असार २०८१ १२:४१ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast