सांकेतिक तस्बिर
काठमाडौँ- झापाको शिवसताक्षी नगरपालिका-३ स्थित भोटेपुलमा एक महिला र दुई बालकको शव भेटिएको छ। प्रहरीका अनुसार २५ वर्षीया अञ्जली बेस्रा र उनका दुई छोरा घरमा मृत फेला परेका हुन्।
‘घरभित्रै महिलाका आठ वर्षका छोरा विशाल र साढे दुई वर्षका आयुष मृत भेटिएका छन्,’ जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले भने, ‘अञ्जलीको भने सलको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको हो।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अञ्जलीले दुई छोरालाई विष खुवाएर मारेपछि आफू झुन्डिएको खुलेको छ। डीएसपी चन्दका अनुसार दुवै छोराको मुखबाट बान्ता भएको देखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको चन्दले बताए। अञ्जलीका श्रीमान् सुजन वैदेशिक रोजगारीका लागि कतारमा छन्।
प्रकाशित: ३२ जेठ २०८१ १६:०२ | Friday, June 14, 2024
प्रतिक्रिया




