तत्काल वाम एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १४ असार २०८१ २०:४२ | Friday, June 28, 2024
तत्काल वाम एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन्।

शुक्रबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए।

‘पार्टी एकता वा वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ,’ प्रधानमन्त्री दाहालले भने।

पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरू अगाडि बढेको बताए। प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए।

प्रकाशित: १४ असार २०८१ २०:४२ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast