छात्राहरूलाई विद्यालयमै आत्मरक्षा तालिम

हिमाल प्रेस ४ असार २०८१ २०:०८ | Tuesday, June 18, 2024
छात्राहरूलाई विद्यालयमै आत्मरक्षा तालिम

मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ। किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरूलाई तालिम प्रदान गरिएको हो।

कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताए। उनले छात्राहरूको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समट्दै गाउँपालिकाका सबै छात्राहरूलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न यी तालिमले छात्राहरूलाई थप सहजता हुने उनले बताए। ‘हामी पहिलो चरणमा दुई विद्यालयमा गर्ने छौँ भने आगामी वर्षमा सबै विद्यालयका किशोरीलाई तालिम दिने छौँ,’ अध्यक्ष मोक्तानले भने।

राष्ट्रिय बालअधिकार परिषद् नेपालका सदस्य तथा किडपावर नेपालका अध्यक्ष सुष्मा पोखरेलले सुरक्षा र आत्मरक्षासम्बन्धी तालिम प्रदान गरेका थिए। उनले छात्राहरूलाई हुन सक्ने धम्की, दुर्व्यवहारलगायतका हिंसा न्यूनीकरण गर्न यस्ता तालिम ग्रामीण क्षेत्रमा आवश्यक रहेको बताइन्। तालिम पश्चात किशोरीहरूलाई विद्यालयमा पठनपाठनदेखि समुदायमा सुरक्षित र सहजता हुने उनको भनाइ छ।

आज (मंगलबार) वडा नम्बर ९ स्थित कालिका उच्च माध्यमिक विद्यालयका थप एक सय जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। तालिम पश्चात किशोरीले आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

बुधबार कैलाश गाउँपालिका-१० स्थित रत्नज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरूलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ। रासस

प्रकाशित: ४ असार २०८१ २०:०८ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast