कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना छ : मौसम विभाग

हिमाल प्रेस ३० जेठ २०८१ ६:४३ | Wednesday, June 12, 2024
कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना छ : मौसम विभाग फाइल तस्बिर

काठमाडौँ- नेपालमा हाल पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बुधबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ३० जेठ २०८१ ६:४३ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast