आज डलर, युरो र कोरियन वनको भाउ कति छ?

हिमाल प्रेस २ असार २०८१ ६:४० | Sunday, June 16, 2024
आज डलर, युरो र कोरियन वनको भाउ कति छ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। आज कोरयन वनको खरिददर ९ दशमलव ६३ छ। मतलव नेपाली एक रुपैयाँअनुसार ९ दशमलव ६३ वन खरी हुन्छ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

प्रकाशित: २ असार २०८१ ६:४० | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast