काठमाडौँ- आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको भाउ तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३४ पैसा र बिक्री दर १७१ रुपैयाँ १४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी दक्षिण काेरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा रहेको छ।

                            प्रकाशित: ३२ जेठ  २०८१ ८:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

