अवैध सुनसहित तीनजना पक्राउ

हिमाल प्रेस ७ असार २०८१ १६:४८ | Friday, June 21, 2024
अवैध सुनसहित तीनजना पक्राउ

काठमाडौँ– अवैध रूपमा भन्सार छली गरी ल्याएको सुनसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ का मोहमद दिलसाद खाँ, नवलपरासीका सन्तोष परियार र तनहुँका अन्जिल गुरुङ छन्। उनीहरूलाई काठमाडौंको सिनामंगलबार बिहीबार पक्राउ गरिएको हो।

कतारबाट हिमालय एयरलाइन्सको उडानमार्फत वैदेशिक रोजगारीबाट फर्किदै गरेका मोहमद दिलसादले ६९.८९० ग्राम तौलको अवैध सुन र ११.६५० ग्राम तौलको बेरुवा औँठी एक थान ल्याएका थिए। सोही सुन लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका परियार र गुरुङलाई समेत उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ।

प्रकाशित: ७ असार २०८१ १६:४८ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast