अग्रज कलाकारका चित्र एक साथ प्रदर्शन

हिमाल प्रेस ५ असार २०८१ १६:४० | Wednesday, June 19, 2024
अग्रज कलाकारका चित्र एक साथ प्रदर्शन
काठमाडौँ- बबरमहलस्थित नेपाल आर्ट काउन्सिल यतिबेला दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले सजिएको छ। सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि आर्ट काउन्सिलमा ‘सिर्जना-२०२४ थ्रेड्स: अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिरहेको छ।
प्रदर्शनीमा शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जीत, देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर, सम्झना राजभण्डारी,सौगात श्रेष्ठलगायत २५ जना पाका कलाकारका सिर्जना राखिएकाे छ।
प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुनेछ। कलेजको कला क्षेत्रमा अध्ययन गरी कलालाई प्रोत्साहन गर्दै आएका पाका पुस्ताका कलाकारको सिर्जनालाई महत्वपूर्ण स्थान दिइएको आयोजकको भनाइ छ।
प्रकाशित: ५ असार २०८१ १६:४० | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast