१३ करोडभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ

हिमाल प्रेस ११ असार २०८१ १६:३७ | Tuesday, June 25, 2024
१३ करोडभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलङ्की डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए। रासस

प्रकाशित: ११ असार २०८१ १६:३७ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast