मधेशमा जनमत पार्टीको सरकार बनाउने सहमति

हिमाल प्रेस १७ जेठ २०८१ २०:१७
112
SHARES
मधेशमा जनमत पार्टीको सरकार बनाउने सहमति

काठमाडौँ- मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरिएको छ। नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको बिहीबार बसेको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ।

सहमतिपत्रमा यी तीनदलसँगै लोसपा र नेकपा एसको पनि सरकारमा सहभागी हुने उल्लेख छ। यद्यपि उनीहरूको हस्ताक्षर भने छैन।

प्रकाशित: १७ जेठ २०८१ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =