दशरथ रंगशाला ‘गुणस्तरहीन’, नेपालको घरेलु मैदानमा हुने खेल साउदीमा

हिमाल प्रेस १६ जेठ २०८१ ८:११
4
SHARES
दशरथ रंगशाला ‘गुणस्तरहीन’, नेपालको घरेलु मैदानमा हुने खेल साउदीमा

काठमाडौँ- दशरथ रंगशाला गुणस्तरहीन बनेपछि नेपालको घरेलु मैदानको खेल साउदी अरबमा हुने भएको छ।

नेपाल र संयुक्त अरब इमिरेट्स(यूएई)बीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको हो।

यसअघि यो खेल जुन ६ मा दशरथ रंगशालामा हुने तय थियो।

एसियाली फुटबल महासंघले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा प्रश्न उठाएपछि खेल साउदी अरबमा सारिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ।

यसअघि रंगशालाकै कारण बहराइनसँगको खेल पनि नेपालले घरेलु मैदानमा खेल्न पाएको थिएन।

प्रकाशित: १६ जेठ २०८१ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =