देशभर ४० हजार बढी बालविकास केन्द्र सञ्चालनमा

हिमाल प्रेस १५ जेठ २०८१ १२:१८
1.9k
SHARES
देशभर ४० हजार बढी बालविकास केन्द्र सञ्चालनमा बालविकास कक्षा। फाइल तस्बिर।

काठमाडौँ- देशभर ४० हजार ६ सय ८४ प्रारम्भिक बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षा सञ्चालनमा रहेको सरकारले जनाएको छ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ मा शैक्षिक सत्र २०८० मा ३२ हजार ८ सय ६१ सामुदायिक (परम्परागत विद्यालयमा सञ्चालित ५ सय ६६ समेत) र ७ हजार ६ सय २३ संस्थागत गरी ४० हजार ६ सय ८४ कक्षा सञ्चालनमा रहेको जनाएको हो।

सर्वेक्षणअनुसार शैक्षिक सत्र २०७९ मा यस्तो संख्या ४० हजार ६ सय ५६ रहेको थियो। औपचारिक शिक्षाको तयारीमा महत्त्वपूर्ण मानिने यस्तो शिक्षा प्रदान गर्ने संस्थामा भएको वृद्धिले गुणस्तरीय शिक्षामा योगदान पुर्‍याएको छ।

त्यसैगरी सरकारले विद्यालय दिवा खाजा कार्यक्रमबाट शैक्षिक सत्र २०८० मा प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका ३० लाख ९ हजार ६ सय ४० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएकाे बताएकाे छ।

गत शैक्षिक सत्रमा यस्तो संख्या ३१ लाख १३ हजार ६ सय ८४ रहेको थियो।

प्रकाशित: १५ जेठ २०८१ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =