संसदीय समितिको कार्यादेशमा ‘सहमतिनजिक’, अन्तिमरूप दिन छलफलमा दलहरू

हिमाल प्रेस १५ जेठ २०८१ ७:१८
8
SHARES
संसदीय समितिको कार्यादेशमा ‘सहमतिनजिक’, अन्तिमरूप दिन छलफलमा दलहरू

काठमाडौँ- सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा दलहरू लगभग सहमति नजिक पुगेको दाबी गरेका छन्।

सोमबार अबेर रातिसम्म प्रधानमन्त्रीसहित बालुवाटारमा बसेको दलहरूको बैठकमा समितिको कार्यादेशबारे सहमति भएको नेताहरूले बताएका छन् ।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने र उनी जोडिएको गोरखा मिडियाको नाम राख्नेमा लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यद्यपि, सहमतिलाई अन्तिमरूप दिन अहिले केही बेरमा शीर्षनेतासहित कार्यदलका सदस्यहरू छलफलमा जुट्दैछन्।

बैठक बिहान ११ बजे बस्दै छ। आज दिउँसो १ संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुअघि नै समिति बनाएर संसदको अवरोध हटाउने दलहरूको तयारी छ।

समितिमा सहमति जुटाउने प्रयोजनका निम्ति सोमबार साँझ अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीसँगै सत्तारूढ एमाले र रास्वपाका नेताहरूबीच छलफल भएको थियो।

बजेटअघि संसद् खुलाउन शीर्षनेताहरू लागेका छन्। यही विषयमा आन्तरिक सल्लाहका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित देउवाको कार्यकक्षमा बस्ने छ ।

आज संघीय संसदमा बजेट भाषण हुनुअघि विपक्षी दलहरुको बैठक पनि बस्दैछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएका छन्।

प्रकाशित: १५ जेठ २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =