बालविकास शिक्षा सुधार : माइतीघरमा उभिएका चापागाईँलाई बालविकास सहजकर्ताहरूले दिए साथ

हिमाल प्रेस १२ जेठ २०८१ १५:४१
2.7k
SHARES
बालविकास शिक्षा सुधार : माइतीघरमा उभिएका चापागाईँलाई बालविकास सहजकर्ताहरूले दिए साथ

काठमाडौँ– बालविकास शिक्षा सुधार माग राखेर माइतीघर मण्डलामा ११ दिनदेखि उभिएर धर्ना दिएका नेत्र चापागाईँलाई बालविकास सहजकर्ताहरूले साथ दिएका छन्। चापागाईँ डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष हुन्।

शिक्षा सुधारको पहिलो आधार नै बालविकास शिक्षा भएकाले यसैको सुधारका लागि धर्ना दिएको अध्यक्ष चापागाईंको भनाइ छ। आज काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयमा कार्यरत ईसीडी शिक्षकहरू माइतीघर आएर चापागाईँलाई साथ दिए।

ईसीडी शिक्षकहरूले आफूहरूको मुद्दा उठाएर सरकारको ध्यानाकर्षण गराएको भन्दै चापागाईँलाई धन्यवाद दिँदै आन्दोलनमा साथ रहेको जनाए। नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिको निर्देशनमा देशभरका बालविकास शिक्षकले विद्यालय खाजा खाने समयमा उभिएर ऐक्यबद्धता जनाउँदै आएका छन्।

अध्यक्ष चापागाईँसँग शिक्षा मन्त्रालयले हिजो शुक्रबार वार्ता गरे पनि सहमति हुन सकेन। शिक्षामन्त्री सुमना श्रेष्ठले नै वार्तामा बोलाएकी थिइन्। धर्ना अवधि लम्बिदै जाँदा चापागाईँ क्रमशः अस्वस्थ बनेका छन्। उनले ‘शरीर ढल्ला आवाज ढल्दैन’ भन्दै आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताएका छन्।

याे पनि

बालविकास शिक्षा सुधारमा शिक्षा मन्त्रालय गम्भीर भएन, वार्ता निष्कर्षविहीन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =