कांग्रेसले माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिको जवाफ

हिमाल प्रेस ११ जेठ २०८१ १८:४२
18
SHARES
कांग्रेसले माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिको जवाफ

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ। बालुवाटारमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले जवाफ मागेको हो।

बैठकका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिरोहिया पक्राउ र गृहमन्त्री लामिछानेको अभिव्यक्तिको जवाफ माग गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकबाट बाहिरिने क्रममा लेखकले भने, आजको बैठकमा प्रधानमन्त्रीसमक्ष कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषय उठाएका छौँ। यससँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको रोष्ट्रममा कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको विषयमा जवाफ मागेका छौँ।’

प्रकाशित: ११ जेठ २०८१ १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =