‘सहकारीमा रास्वपा र गिरिबन्धुमा एमाले जाेगाउन सहकारीबन्धु गठबन्धन लागेकाे छ’

हिमाल प्रेस ११ जेठ २०८१ १६:४०
22
SHARES
‘सहकारीमा रास्वपा र गिरिबन्धुमा एमाले जाेगाउन सहकारीबन्धु गठबन्धन लागेकाे छ’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरूमाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिए।

उनले नेपाली कांग्रेसका नेताहरू छानबिनको दायरामा आउन तयार रहेको बताए। उनले गृहमन्त्री रवि लामिछानेले पनि कांग्रेसका नेताहरूमाथि संसदमा बोलेरै आरोप लगाएको भन्दै त्यसमा पनि सबैमाथि छानबिन गर्न आफूहरू तयार रहेको बताए।

उनले कांग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानबिन गर्न तयार रहेको भन्दै कसलाई छानबिन गर्ने हो भनि प्रश्नसमेत गरे। उनले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानबिन गरेपनि आपत्ति नभएको बताए।

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरे। एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमतिसाथ यो गठबन्धन अगाडि बढिरहेको उनले बताए।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाए। सिरोहियाले नागरिकता प्रकरणको छानबिनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रूपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरे।

उनले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगी प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रूपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताए। उनले गृहमन्त्रीमाथि पनि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानबिन हुनुपर्ने बताए।

प्रकाशित: ११ जेठ २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =