वैशाखमा साढे ७० हजार नेपाली कामको खोजीमा ८९ देश पुगे

हिमाल प्रेस ११ जेठ २०८१ १३:२३
22
SHARES
वैशाखमा साढे ७० हजार नेपाली कामको खोजीमा ८९ देश पुगे

काठमाडौँ- वैशाख महिनामा ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार वैशाखमा ६४ हजार १० पुरुष र ६ हजार ६ सय २७ महिला गरी ७० हजार ६ सय ३७ जना नेपाली बिदेसिएका छन्।

वैशाखमा ८९ वटा देशमा नेपाली वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ। वैशाखमा औसतमा दैनिक २ हजार २ सय ७८ जना नेपाली बिदेसिएको विभागको तथ्यांकमा छ।

वैशाख महिनामा औसतमा गत महिनाको तुलनामा वैशाखमा बढी युवा बिदेसिएका छन्। गत चैतमा ७० हजार ९ सय ३३ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागकोल तथ्यांकमा छ।

चालु आर्थिक वर्षको १० महिनामा ६ लाख २० हजारभन्दा बढी नेपाली १ सय २५ देश पुगेको विभागले जनाएको छ।

वैशाखमा सबैभन्दा बढी नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन्। यस महिना १६ हजार ९ सय ४९ जना मलेसिया पुगेको विभागको तथ्यांकमा छ। मलेसियापछि सबैभन्दा बढी कामदार यूएई गएका छन्। यूएई १६ हजार ५ सय १२ जना रोजगारीमा गएको विभागले जनाएको छ।

कतार जान ११ हजार १ सय ७ जना, साउदी अरब जान ११ हजार ६१ जना, कुवेत ३ हजार ३ सय ८६ जना, रोमानिया १ हजार ८४ जना, ओमान ५ सय ५२ जना, बेलायत २ सय ८९ जना, मरिसस६ सय ७ जना, क्रोएसिया १ हजार ८१ र साइप्रस ८ सय ४९ जना गएको विभागको तथ्यांकमा छ।

वैशाखमा संस्थागत ८८ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। व्यक्तिगत श्रम स्वीकृति लिएर ७४ देशमा नेपाली युवा वैदेशिक रोजगारीका लागि पुगेका छन्।

प्रकाशित: ११ जेठ २०८१ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =