संसद्‌मा कांग्रेसको अवरोध कायमै [फोटो फिचर]

दिपेश श्रेष्ठ ११ जेठ २०८१ १२:५४
6
SHARES
संसद्‌मा कांग्रेसको अवरोध कायमै [फोटो फिचर]

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेका छन्। प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले शुक्रबारको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित गराएका छन्।

सभामुख घिमिरेका अनुसार, अर्को बैठक आगामी जेठ १३ गते बिहान ११ बजे बस्नेछ। सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ।

आजको बैठकको सुरुमै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले पटक पटक विषयवस्तु अघि बढाउन आग्रह गरे पनि उनीहरूले अवरोध कम गरेनन्।

छानबिन समिति बनाउने सहमति दलहरूबीच भइसकेपनि त्यसको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। शुक्रबार बिहान पनि टीओआर कार्यदलको बैठक बसेको थियो। सो बैठकले पनि सहमति जुटाउन सकेन।

प्रकाशित: ११ जेठ २०८१ १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =