राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसदमा देखिएको गतिरोधबारे छलफल

हिमाल प्रेस ११ जेठ २०८१ ९:२५
20
SHARES
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसदमा देखिएको गतिरोधबारे छलफल फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन्।

आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा जारी संसद्को गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारीका विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

]भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको सचिवालयको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको राष्ट्रपतिलाई बताएका थिए।

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत रकम हिनामिना गरेको आरोप लगाउँदै त्यसका लागि संसदीय छानबिन समितिको माग गरेको छ। संसदीय छानबिन समिति गठन नभएसम्म संसद् अवरोध जारी राख्ने कांग्रेसकाे अडान छ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे संसद् बैठक बोलाएका छन्। बैठकको कार्यसूचीमा नीति तथा कार्यक्रम पारित गर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =