एमाले सुनसरीको अध्यक्षमा संस्थापन पक्षधर निर्वाचित

हिमाल प्रेस ९ जेठ २०८१ २१:०४
10
SHARES
एमाले सुनसरीको अध्यक्षमा संस्थापन पक्षधर निर्वाचित

इटहरी- नेकपा एमाले सुनसरीको अध्यक्षमा संस्थापन पक्षधर नीलम खनालको प्यानलै निर्वाचित भएको छ। आठौँ जिल्ला अधिवेशनबाट बुधाबर साँझ सम्पन्न अन्तिम मतपरिणामा खनालले ३८३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी खेमराज पोखरेलले २८७ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर ९६ रहेको छ। यसैगरी उपाध्यक्षमा पर्शुराम यादवले ३३२ मत ल्याएर विजयी भए। उनले निकटतम् प्रतिद्वन्द्वी नन्द बस्नेतललाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन्।

यादवले ३३२ ल्याउँदा बस्नेतले ३२९ मत ल्याउन सफल भए। सचिवमा राम कोइराला विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बूलाई ११७ मतले पछि पार्दै निर्वाचित भएका हुन्। कोइरालाले ३८७ मत प्राप्त गर्दा लिम्बूले दुई सय ७० मत प्राप्त गरे।

यसैगरी उपसचिव महिलातर्फ इन्द्रकला राई निर्वाचित भएकी छन्। उनले कमला मगरलाई २४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन्। राईले ४३८ मत ल्याउँदा मगरले १९१ मत प्राप्त गरिन्।

यसैगरी उपसचिवमा देवानन्द मेहतालाई १८८ मतले पछि पार्दै यामकुमार सुब्बा निर्वाचित भए। सुब्बाले ३८५ मत प्राप्त गर्दा मेहेताले १९७ मत प्राप्त गरे। बाँकी सदस्यहरूको भने नतिजा आउने क्रम जारी रहेको छ।

प्रकाशित: ९ जेठ २०८१ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =