बुद्धजयन्ती मनाउन ५६८ सदस्य मूल आयोजक समिति, प्रधानमन्त्री पनि जाने

हिमाल प्रेस ७ जेठ २०८१ ८:२६
2
SHARE
बुद्धजयन्ती मनाउन ५६८ सदस्य मूल आयोजक समिति, प्रधानमन्त्री पनि जाने

लुम्बिनी- २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस तीन दिन विविध कार्यक्रम गरी मनाइने भएको छ।

लुम्बिनी विकास कोषले जेठ ९, १० र ११ गते तीन दिन विशेष उत्सवका कार्यक्रम गरी बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउने भएको हो। जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मूल समारोह गर्ने गरी तयारी गरिएको कोषले जनाएको छ।

कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङको संयोजकत्वमा ५६८ सदस्य मूल आयोजक समिति र उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरि तयारी गरिएको छ।

बुद्धजयन्ती तथा लुम्बिनी दिवसलाई विशेष उत्सवका साथ मनाउने गरी सम्पूर्ण तयारी पूरा भएको कोषका कोषाध्यक्ष एव प्रचार प्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए।

उनले बजेटको सुनिश्चिता नहुँदा तयारीमा केही ढिलाइ भएपनि अब विगतका बर्षमा जस्तै गरी बुद्धजन्मस्थल लुम्बिनीसहित वृहत्तर लुम्बिनी क्षेत्रमा विविध कार्यक्रमका साथ बुद्धजयन्ती एव लुम्बिनी दिवस मनाइने गरी कार्यक्रम तय गरिएको बताए।

प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ। बौद्ध धर्माम्बलम्बीहरूसहित बुद्ध अनुयायीले बुद्धजयन्तीलाई श्रद्धाका साथ मनाइँदै आएका छन्।

बुद्धजन्मस्थल लुम्बिनीमा जेठ ९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महारित्राण पाठ हुने सदस्य सचिव सानुराजा शाक्यले बताए।

उनका अनुसार जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा, बिहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा र विहान ९ बजे अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा मूल समरोह हुनेछ।

यस्तै जेठ ११ गते मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रूपमा लुम्बिनीबाट शिशु बुद्व कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ।

यसका साथै देवदह, रामग्राम, तिलौराकोट लगायतका क्षेत्रमा पनि कार्यक्रम हुनेछन्। नेपाल सहित विभिन्न बौद्ध मुलुकहरूले समेत बुद्धजयन्तीलाई बैशाख डे का रूपमा मनाउँदै आएका छन्।

 

 

प्रकाशित: ७ जेठ २०८१ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast