पौडी खेल्दा दाजुभाइको डुबेर मृत्यु

हिमाल प्रेस २ जेठ २०८१ ९:३०
4
SHARES
पौडी खेल्दा दाजुभाइको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ।

बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो।

भारतबाट फूपूको घर आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दीपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दीपेशको घटनास्थलमै मृत्यु भएको हो। मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए।

प्रकाशित: २ जेठ २०८१ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast