अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गर्ने गिरोहका तीनजा पक्राउ

हिमाल प्रेस ३१ वैशाख २०८१ १४:२९
16
SHARES
अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गर्ने गिरोहका तीनजा पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अमेरिका र क्यानडा लैजाने भनी मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका– २ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका २ का ४६ वर्षीय विष्णुबहादुर बराली र ४८ वर्षीय जंगबहादुर विक (बराल) लाई पक्राउ गरी सार्वजनिक गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए।

उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ९ महिनासम्म अलपत्र पारी राखेको भट्टराईको भनाइ छ। केन्या र युगान्डामा समेत एजेन्ट राख्ने गरेको, अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रूपमा मानव तस्करीमा संलग्न रहेको भट्टराईले बताए।

त्यस्तै, प्रहरीले विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ का २४ वर्षीय अनिल ढुंगाना रहेको भट्टराईले बताए।

ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको बताए। ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको उनको भनाइ छ।

१५ वटा वालेटहरू प्रयोग गरी ५ करोडभन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको भट्टराईले बताए। पक्राउ पर्नेहरूलाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

टर्कीमा यूएन मिसनमा काम लगाइदिन्छु भनी ४ करोडभन्दा बढी ठगी गर्ने पक्राउ

प्रकाशित: ३१ वैशाख २०८१ १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =