मधेश सरकारबाट बाहिरियाे माओवादी

हिमाल प्रेस ३० वैशाख २०८१ १६:४२
14
SHARES
मधेश सरकारबाट बाहिरियाे माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहरिएकाे छ। माओवादीबाट मधेश सरकारमा रहेका दुई मन्त्री भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। उनीहरूले मधेशका मुख्यमन्त्री सराेजकुमार यादवलाई राजीनामा पत्र बुझाएका छन्। नेकपा एमालेले पनि आजै सरकारबाट बाहरिने तयारी गरेकाे छ।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए भने भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए। मधेशमा जसपा नेपालका यादव नेतृत्वकाे सरकार ढालेर नयाँ सरकार बनाउने तयारी एमाले र माओवादीले गरेका छन्। एमालेले आजै आफ्ना मन्त्रीहरूलाई मधेश सरकारबाट फिर्ता बोलाउँदै छ।

प्रकाशित: ३० वैशाख २०८१ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =