महासंघसामु तिवारीले भने : अब अरू छाडेर विद्यालय कर्मचारी-ईसीडी शिक्षकको तलबमान र शिक्षा ऐनमा केन्द्रित होऔँ

हिमाल प्रेस २८ वैशाख २०८१ ६:५४ | Friday, May 10, 2024
महासंघसामु तिवारीले भने : अब अरू छाडेर विद्यालय कर्मचारी-ईसीडी शिक्षकको तलबमान र शिक्षा ऐनमा केन्द्रित होऔँ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै अब वर्षौंदेखि पेसागत समस्याबाट पिल्सिएका विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको तलबमानका साथै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० मुद्दामा केन्द्रित भएर अगाडि बढ्न सुझाव दिएका छन्। काठमाडौँमा शुक्रबार महासंघको निर्वाचित पदाधिकारी परिचय तथा घोषणासभामा अध्यक्ष तिवारीले सो कुरा बताएका हुन्।

उनले भने, ‘बाल शिक्षकले १० हजार रुपैयाँ तलब खाने, विद्यालय कर्मचारीले १३ हजार पाँच सय र आठ हजार रुपैयाँमा काम गरिरहेको अवस्था छ। ऐन छैन। अरू सबै कुरा छाडेर बालविकास सहजकर्ता, विद्यालय कर्मचारीको तलबमान र शिक्षा ऐनको दुई सूत्रीय माग लिएर महासंघलगायत सबै शिक्षासम्बद्ध संघसंगठन अगाडि बढ्नुपर्छ।’

साथै उनले निर्णायक ठाउँमा विद्यालय कर्मचारी र ईसीडी शिक्षकका समस्याबारे एकादबाहेक अन्य शिक्षक नेताले नबोलेको पनि गुसानो गरे। ‘विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का समस्या सबैलाई थाहा छ तर एकादबाहेक अरूले बोल्नुहुन्न। निर्णायक ठाउँमा बोल्नुहुन्न,’ अध्यक्ष तिवारीले भने।

तिवारीले नेपाल शिक्षक महासंघको दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्षलगायतले कम्तिमा पनि यतिदिनभित्र आन्दोलन घोषणा गर्छौं भनेर भन्नुपर्ने बताए। उनले भने, ‘तत्काल राष्ट्रिय समितिको बैठक बोलाएर आन्दोलन घोषणा गर्नुको कुनै विकल्प छैन। होइन भने महासंघको काम पद ओगटेर बस्ने मात्र हुन्छ।’

शिक्षा ऐनका लागि जतिसुकै ठूलो आन्दोलन गर्न पनि महासंघ तयार छ : अध्यक्ष सुवेदी

प्रकाशित: २८ वैशाख २०८१ ६:५४ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast