‘खजुरे ब्रो’ को गीतमा नीतिलाई फकाउँदै रियर

हिमाल प्रेस २५ वैशाख २०८१ १२:०८
46
SHARES
‘खजुरे ब्रो’ को गीतमा नीतिलाई फकाउँदै रियर

काठमाडौँ-  फिल्म ‘खजुरे ब्रो’ को गीत ‘मैले फकाएर मात्र’ सार्वजनिक भएको छ। गीत बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

अनमोल गुरुङको शब्द, संगीत र स्वर रहेको गीतमा गीतमा रिकेश गुरुङ संगीत संयोजन छ। गीतको भिडियोमा फिल्मका मुख्य पात्र रियर राई र नीति शाह रोमान्टिक भूमिकामा देखिएका छन्।

आगामी शुक्रबार अर्थात् बैशाख २८ गतेबाट प्रदर्शन हुने फिल्म धरानका र आसपासका क्षेत्रमा चर्चित खजुरे पात्रको कथामा आधारित छ। फिल्मका निर्देशक सुरज सुनुवार हुन्।

फिल्ममा अन्य कलाकार नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय छ।

धरान आसपासमा डुलि हिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ। युट्युबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु प्रशस्त छ।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह– निर्मातामा छन्। शिशिर विशंखेको छायांकन गरेको फिल्म मित्र डी गुरुङले सम्पादन गरेका छन्।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा सिनेमा निर्माण गरेको हो।

प्रकाशित: २५ वैशाख २०८१ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =