भारतका प्रधानन्यायाधीश आइपुगे नेपाल

हिमाल प्रेस २१ वैशाख २०८१ १७:०७
22
SHARES
भारतका प्रधानन्यायाधीश आइपुगे नेपाल

काठमाडौँ- भारतका प्रधानन्यायाधीश डा. डी वाई चन्द्रचुद नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा चन्द्रचुदसहितको भ्रमण दल शुक्रबार साँझ औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेको हो।

उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा.आनन्दमोहन भट्टराईले स्वागत गरेका थिए। भारतका प्रधानन्यायाधीश चन्द्रचुदले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्ने बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ।

भारतीय प्रधानन्यायाधीश चन्द्रचुदले नेपालका समकक्षी श्रेष्ठसँग शनिबार साँझ मैत्रीपूर्ण भेट गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीले जानकारी दिए। प्रधानन्यायाधीश श्रेष्ठले समकक्षीको सम्मानमा शनिबारै साँझ रात्रिभोजको समेत आयोजना गर्ने प्रवक्ता उप्रेतीले बताए। भारतीय प्रधानन्यायाधीश चन्द्रचुदको भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतीय सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन्।

भारतीय प्रधानन्यायाधीश नेतृत्वको भ्रमण दल आइतबार साँझ स्वदेश फर्कने सर्वोच्च अदालतका प्रवक्ता उप्रेतीले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast