च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा डर्टमण्डसँग हार्‍यो पीएसजी

हिमाल प्रेस २० वैशाख २०८१ ७:००
2
SHARE
च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा डर्टमण्डसँग हार्‍यो पीएसजी

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमण्डले अग्रता लिएको छ।

घरेलु मैदानमा गएराति भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० हराएको हो।

डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे।

५१औं मिनेटमा लगातार दुई पटक पीएसजीका किलियन एम्बाप्पे र अचर्याफ हकिमीले पोस्टमा प्रहार गरेका थिए। ५६औं मिनेटमा फाबियान रुइजले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन्।

६०औं मिनेटमा डर्टमुन्डका जेडन सान्चोको पासमा फुलक्रुगले बक्स भित्रबाट पोस्टभन्दा माथि प्रहार गरे। छ मिनेटपछि उनकै हेडर प्रयास पनि पोस्ट भन्दा माथिबाट बाहिरियो।

दोस्रो लेग अर्को हप्ता पीएसजीको मैदानमा हुनेछ। यस टाईको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेताविरुद्ध खेल्नेछ।

यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो।

प्रकाशित: २० वैशाख २०८१ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =