सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको सरुवा [सूचीसहित]

हिमाल प्रेस १९ वैशाख २०८१ १५:४७
556
SHARES
सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको सरुवा [सूचीसहित] एपीएफ हेर्डक्वार्टर

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालका १६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यो निर्णयसँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्। मकवानपुरको गडिमाई बाहिनीमा गणेशबहादुर ठाडा मगर सरुवा भएका छन्।

रुपन्देहीको विन्दाबासिनी बाहिनीमा अभिकुमार खत्री, कास्कीको मुक्तिनाथ बाहिनीमा कुलबहादुर नेम्बाङ र महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराईलाई सरुवा गरिएको छ।

यस्तै सुनसरीको बराह बाहिनीमा शम्भु सुवेदी, महोत्तरीको छिन्नमस्ता बाहिनीमा कालीदास धौबजी र कैलालीको वैद्यनाथ बाहिनीमा दीपक अधिकारीलाई सरुवा गरिएको छ।

सरुवा भएका डीआईजीको सूची

सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा

त्यस्तै  सशस्त्रकै १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन्।

साधारण समूह तर्फका १६ जना र इन्जिनियरिङ तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ।

 यी हुन् सरुवा भएका एसएसपीहरू 

 

प्रकाशित: १९ वैशाख २०८१ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =