 खगराज अधिकारी
                             खगराज अधिकारी
                                            पोखरा- ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३० सदस्यको समर्थनलाई बहुमत मान्दै मुख्यमन्त्रीको थमौती भएको छ। गण्डकीमा हालसम्म ४ मुख्यमन्त्री फेरिँदा यसअघिसम्म ३१ लाई नै बहुमत मानिँदै आएको थियो।
सर्वोच्चको गत १७ वैशाखको व्याख्यासँगै पहिलो पल्ट यस्तो अभ्यास भएको छ। सोही बमोजिम एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीमा निरन्तरता पाएका छन्। उनले गत वर्ष अघिल्लो कार्यक्रममा सय दिनमात्र सरकारको नेतृत्व गरेका थिए।
प्रदेशसभाको आइतबारको बैठकमा उनलाई आफनो दल एमालेका २२, सत्तारुढ माओवादीका केन्द्रका ७ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले विश्वासको मतको पक्षमा मत जाहेर गरेका हुन्। विपक्षमा २७ मत परेको छ। राप्रपा तटस्थ रह्यो। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विपक्षीमा मत जाहेर गरेको हो। उसको २७ सिट र राप्रपाको २ सिट छ।
सभामुख कृष्णप्रसाद धितालले सुरुमा आफूले निर्णायार्थ मत हाल्ने घोषणा गरेलगत्तै विपक्षी नेपाली कांग्रेसले चर्को नाराबाजी गरेको थियो। लगत्तै उनले ३० लाई सर्वोच्चको व्याख्या भन्दै बहुमत सदर गरेका हुन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 