हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस ८ जेठ २०८१ ६:३० | Tuesday, May 21, 2024
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राहरूको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २९ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७४ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: ८ जेठ २०८१ ६:३० | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast