स्याङ्जामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

हिमाल प्रेस १४ जेठ २०८१ १३:३९ | Monday, May 27, 2024
स्याङ्जामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पोखरा- स्याङ्जामा मोटरसाइकल दुर्घटनामा परी गएराति एक जना भारतीय युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको मोतिहारी घर भइ हाल स्याङ्जा सदरमुकाम पुतलीबजार १, घुम्तीमा डेरा गरी बस्ने ३५ वर्षीय सुनिलकुमार शाह हुन्।

आइतबार राति करिब ८ बजे पुतलीबजार १४, आमडाँडास्थित भित्री सडकमा उनले चलाएको ग२०प ८५६१ नम्बरको मोटरसाइकल एक्कासी अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते शाहलाई स्याङ्जा जिल्ला अस्पताल लगिएकोमा चिकित्सले पोखराको मणिपाल शिक्षण अस्पताल रेफर गरेका थिए। उनको राति करिब १२ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८१ १३:३९ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast