सुरु भयो कांग्रेस संसदीय दलको बैठक [फोटो फिचर]

दिपेश श्रेष्ठ २८ वैशाख २०८१ १०:१६ | Friday, May 10, 2024
सुरु भयो कांग्रेस संसदीय दलको बैठक [फोटो फिचर]

काठमाडौँ-  नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। यसलाई बजेट अधिवेशनमा निरन्तरता दिने तयारीका कांग्रेस रहेको छ। यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो।

संसद् बैठक दिउँसो २ बजे सुरु हुँदैछ। संसद् बैठकमा बजेट अधिवेशन सुरू भएको सन्दर्भमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ। बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले संसदीय छानबिन समिति बनाउनैपर्ने निष्कर्ष निकालेको थियो।

कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसदमा फेरि अवरोध सिर्जना गर्ने सम्भावना देखिएपछि बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

प्रकाशित: २८ वैशाख २०८१ १०:१६ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast