सुन दलेको पाइन्ट लगाएर आएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

हिमाल प्रेस ११ जेठ २०८१ १८:४७ | Friday, May 24, 2024
सुन दलेको पाइन्ट लगाएर आएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ सांकेतिक तस्बिर।

काठमाडौं– सुन दलेको कपडासहित एक जना भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नवीन हरिशलाल गोक्लानी छन्।

उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो। दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। सो क्रममा पाइन्टमा दलेर ल्याइएको सुन भेटिएको थियो।

पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ। त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ। पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ जेठ २०८१ १८:४७ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast