सुनचाँदीको भाउ घट्याे

हिमाल प्रेस ४ जेठ २०८१ १२:०७ | Friday, May 17, 2024
सुनचाँदीको भाउ घट्याे

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीकाे भाउमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज सामान्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ३८ हजार छ सय ५० तय भएको छ।

चाँदीको भाउ पनि तोलामा पाँचले घटेको छ। बिहीबार तोलामा एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने एक हजार आठ सय निर्धारण भएको छ।

प्रकाशित: ४ जेठ २०८१ १२:०७ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast