सरकारको नीति तथा कार्यक्रम : बाँदर, बँदेललगायतबाट बालीनालीमा हुने क्षति नियन्त्रण गर्न कार्यक्रम

हिमाल प्रेस १ जेठ २०८१ १६:१६ | Tuesday, May 14, 2024
सरकारको नीति तथा कार्यक्रम : बाँदर, बँदेललगायतबाट बालीनालीमा हुने क्षति नियन्त्रण गर्न कार्यक्रम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्‍चालन गर्ने भएको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्षक २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण, जैविकमार्ग पुनःस्थापना, नवीन प्रविधिको प्रयोग तथा वैकल्पिक कृषिबाली प्रवर्द्धन गरी वन्यजन्तु बासस्थान सुरक्षा एवम् वन्यजन्तुबाट मानव जीवन तथा कृषिमा पर्ने असर न्यून गरिने बताएका हुन्।

तीनै तहको समन्वय र सहकार्यमा राष्‍ट्रपति चुरे संरक्षण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने र चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजनालाई समयानुकूल बनाएर कार्यान्वयनमा ल्याइने उनले बताए।

‘राष्ट्रिय वनको रणनीतिक योजना कार्यान्वयन गरिनेछ। राष्‍ट्रिय वन सूचना प्रणाली विकास गरी वनक्षेत्रको तथ्याङ्‍क अद्यावधिक गरिनेछ,’ उनले भने, ‘वन, पारिस्थितिकीय प्रणाली र भू–उपयोग नक्साङ्‍कन तयार गरिनेछ। वनस्पतिको वैज्ञानिक अनुसन्धान, अभिलेखीकरण एवम् वनस्पति उद्यानको प्रभावकारी व्यवस्थापन गरी वानस्पतिक विविधताको स्वस्थानीय र परस्थानीय संरक्षण गरिनेछ।’

प्रकाशित: १ जेठ २०८१ १६:१६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast