संसद्‍मा ज्ञानेन्द्र शाहीले भने : देशमा एउटै कानुन छ भने गृहमन्त्री-प्रधानमन्त्रीलाई पनि कारबाही हुनुहुन्छ

हिमाल प्रेस १३ जेठ २०८१ १२:१८ | Sunday, May 26, 2024
संसद्‍मा ज्ञानेन्द्र शाहीले भने : देशमा एउटै कानुन छ भने गृहमन्त्री-प्रधानमन्त्रीलाई पनि कारबाही हुनुहुन्छ फाइल तस्बिर

काठमाडौँ- राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले छानबिन समिति बनाउँदैमा दोषी ठहर नहुने बताएका छन्।

गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्नुपर्ने बताए। उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को बोली हुन नहुने जिकिर गरे।

उनले पहिले गृहमन्त्री लामिछानेले छानबिनको सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा भएको बताए।

उनले पुराना दलले काम नगरेको भन्दै नयाँलाई जनताले मत दिएको तर गृहमन्त्रीले जनताले दिएको मतको बदनाम गर्न लागेको बताए।

उनले छानबिनका लागि गृहमन्त्रीलाई खुट्टा दह्रो बनाउन अनुरोध गरे। आफ्नै पार्टीकै सांसद गीता बस्नतेलाई पनि छानबिनको दायरामा ल्याउन अनुरोध सुनाउँदै उनले गृहमन्त्रीले पनि छानबिनका लागि खुला हुनुपर्ने प्रस्ताव राखे। ‘यो देशमा प्रधानमन्त्री-गृहमन्त्री र अरूलाई एउटै कानुन हुन्छ भने सबैलाई कारबाही हुनुपर्छ।’

प्रकाशित: १३ जेठ २०८१ १२:१८ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast