रोजगारी दिलाइदिने भन्दै देहव्यापार, दुई बालिकासहित तीन जनाको उद्धार

हिमाल प्रेस १७ जेठ २०८१ २१:२२ | Thursday, May 30, 2024
रोजगारी दिलाइदिने भन्दै देहव्यापार, दुई बालिकासहित तीन जनाको उद्धार प्रतिकात्मक तस्बिर

चितवन- भरतपुर महानगरपालिका-७ बाट यौन क्रियाकलापमा लगाइएका दुई बालिकासँगै तीन जनाको उद्धार गरिएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडि सञ्चालनमा रहेको ‘न्यू फेमिली होटल एण्ड लज’बाट उनीहरुको उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उद्धार गरिएका महिलालाई संरक्षण केन्द्रमा राखिएको छ। उद्धार गरिएका दुई नाबालिका १५ वर्षका छन् भने एक महिला ३० वर्षकी छन्।

रोजगारी लगाइदिने भन्दै उनीहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ।

होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरिएको उनले जानकारी दिए। अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ।

ढकाललाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेकालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरिएको प्रनाउ रिजालले बताए।

प्रकाशित: १७ जेठ २०८१ २१:२२ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast