जुहारी

रविको चुनौती स्वीकार्दै गगनले भने : ऋण लिएको प्रमाण पेस गर्न नसके राजनीति छोड्दिन्छु

हिमाल प्रेस २८ वैशाख २०८१ १८:४४ | Friday, May 10, 2024
रविको चुनौती स्वीकार्दै गगनले भने : ऋण लिएको प्रमाण पेस गर्न नसके राजनीति छोड्दिन्छु

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले दिएको चुनौती आफूलाई स्वीकार रहेको बताएका छन्। थापाले लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण आफूले ल्याउने बताए। आज शुक्रबार संघीय संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा आफूविरुद्धको प्रमाण ल्याउन रविले गगनलाई चुनौती दिएका थिए।

रविले त तपाईंलाई ऋण लिएको प्रमाण ल्याए आफूले राजनीति छोड्ने र ल्याउन नसके गगनले राजनीति छोड्नु पर्ने चुनौती दिनु भयो भन्ने प्रश्नमा उनले भने, ‘म प्रमाण ल्याउन नसके छाड्दिन्छु।’

गगनले रवि माथि छानबिन संसदीय समितिबाटै हुनुपर्ने दोहोर्‍याए। ‘हाम्रो परम्परा अनुसार सत्तापक्षले नै संसदीय समितिको नेतृत्व गर्छ। समितिले के गर्ने हो? यीनै तथ्य प्रमाणको विवेचना गर्ने हो’ उनले भने।

 

प्रकाशित: २८ वैशाख २०८१ १८:४४ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast