मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउने सहमतिपत्रमा आफ्नाे नाम हालेपछि लोसपाको आपत्ति

हिमाल प्रेस १७ जेठ २०८१ २१:४१ | Thursday, May 30, 2024
मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउने सहमतिपत्रमा आफ्नाे नाम हालेपछि लोसपाको आपत्ति

काठमाडाैँ- मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति पत्रमा आफ्नाे पार्टीकाे नाम परेपछि लाेसपाले आपत्ति जनाएकाे छ। लोसपाले यसमा आफ्नाे सहभागिता नरहेकाे जनाएकाे हो।

लाेसपाका महासचिव मनिष मिश्रले आज (बिहीबार) काे तीन दलीय गठबन्धनबारे आफूहरूलाई जानकारी नभएकाे बताएका छन्। उनले हिमाल प्रेससँग कुरा गर्दै मधेशमा वैकल्पिक सरकार बन्दा आफ्नै नेतृत्वकाे खाेजी गर्ने बताए।

बिहीबार मधेशमा जनमत पार्टीकाे नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति भएकाे छ, जहाँ जनमतसहित नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताकाे नामसहित हस्ताक्षर छ।

सहमतिपत्रमा लाेसपा र एकीकृत समाजवादीकाे नाम पनि उल्लेख छ। यद्यपि उनीहरूले हस्ताक्षर भनेगरेका छैनन्।

मधेशमा जनमत पार्टीको सरकार बनाउने सहमति

प्रकाशित: १७ जेठ २०८१ २१:४१ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast