मधेशमा एमालेका मन्त्रीले पनि बुझाए राजीनामा

हिमाल प्रेस ३० वैशाख २०८१ १७:५४ | Sunday, May 12, 2024
मधेशमा एमालेका मन्त्रीले पनि बुझाए राजीनामा

काठमाडौँ– मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आफ्नो दलबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा बुझाएसँगै एमाले मधेश सरकारबाट बाहिरिएको हो।

भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंह, शिक्षा तथा सांस्कृतिक मन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्य मन्त्री शारदा थापाले मुख्यमन्त्री सरोजकुमार यादवलाई सामूहिक राजीनामा बुझाएका हुन्।

आजै नेकपा माओवादी केन्द्रले पनि पदबाट राजीनामा बुझाइसकेका छन्। दुई पार्टीले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिँदैछन्। योसँगै यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यहाँ एमाले, माओवादी, जनमतसहितको नयाँ गठबन्धनको सरकार बनाउने तयारी छ।

मधेश सरकारबाट बाहिरियाे माओवादी

प्रकाशित: ३० वैशाख २०८१ १७:५४ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast